PDF file can be converted to word and vice versa simply by clicking on www.pdfonline.com
Saturday, November 12, 2011
Tuesday, June 21, 2011
7 Types of Motivation: What Inspires You?
Motivation acts a driving force behind any kind of action. Motivation can be considered as the state of having the encouragement to do something. Motivation can act as a fuel which gives you the power to realize your dreams. Motivation can let an ordinary man do extraordinary tasks. But different people feel motivated through different ways. Some people honor love and derive motivation out of it, while others find money as a motivating factor. Motivation is required in professional as well as in family life. You may not realize how many types of motivation techniques are available for motivating coworkers, employees, children, yourself and even your life partner to make changes or to get things move in the right direction. Different types of motivations work for different types of people. There are basically 7 types of motivation: Motivation may come from your loved ones, peers, teacher or from your friends. But do you know who your greatest motivator is? You, yourself! After all, you are the one who has a goal in the mind. You are the one who has to realize the dreams. People close to you and the objects of your desire may only input some inspiration within you. The rest depends on you and your actions!7 Types of Motivation: What Inspires You?

Read more: http://www.lifemojo.com/lifestyle/7-types-of-motivation-what-inspires-you-116355369#ixzz1PsQRMGyt
Posted by
Kalyan
at
6/21/2011 08:46:00 AM
0
comments
Links to this post
8 Steps for Self-Motivation
During childhood, your parents constantly kept motivating you to aim and achieve your goals. However, once you reach adulthood, parents take a backseat and you are left to fend for yourself, so to speak, the required motivation too. Therefore, you need to find ways and means to self-motivate yourself. There are basically two types of self-motivation factors. They are: "Mark Lepper's research (1988) said that intrinsically motivated learners tend to employ strategies that demand more effort and that enable them to process information more deeply. They also prefer tasks that are more challenging and are willing to put in greater amounts of effort to achieve learning goals." "Condry and Chambers (1978) found students with intrinsic orientation used more logical information, gathering and decision-making strategies, than did students who were extrinsically oriented." There are many methods you can employ so as you stay motivated and reach you goals within the planned time period. Sometimes, lack of energy, small failures here and there are factors that cannot be avoided. However, don't let these deter you from your chosen goal. Well begun is half done, they say. Plan out each step of your goal well in advance and get started. Dreams will remain dreams until you take action. Self motivation will help you commit to your goals and make it a reality.
Types of Motivation
Studies Showing the Power of Intrinsic Motivation
Eight steps to Improve Your Motivation Quotient
Posted by
Kalyan
at
6/21/2011 08:39:00 AM
0
comments
Links to this post
Friday, June 3, 2011
सफलताका १० सुत्रहरु
सफलताका १० सुत्रहरु
यदी तपाई आफ्नो काममा सफलता चाहानुह्न्छ भने अलीकती खतरा मोल्नु आवश्यक हुन्छ। कुनै काम गर्न मन लागेको छ भने त्यो गरिहाल्नुहोस र त्यसमा दत्त चित्त भएर लाग्नुहोस जसले तपाई लाई राम्रो परिणाम दिने सम्भावना धेरै हुन्छ। तर खतरा मोल्ने भन्दैमा यती सम्म नपुग्नुहोसकि जहाँ बाट तपाई बाहिर आउन सम्भवै छैन वा धेरै मुस्किल छ।
२.सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस:
"उद्येश्य के लिनु उडी छुनु चन्द्र एक" भने झैं सधै उचाईमा पुग्ने आकांक्षा राख्नुहोस र सकेसम्म आफुलाई उचाईमा पुर्याउने कोसिस गर्नुहोस साथै आफ्नो चाहना अनुरुपको र त्यही स्तरको काम गर्दै जानुहोस।
३ .खुसी रहने कोसिस गर्नुहोस:
आफुले चाहेको चिज नपाएमा पनी आफुलाई दुखी वा केही गर्न नसक्ने मानिसको रुपमा कहिल्यै नउभ्याउनुहोस। आफुले गरेको मेहनत र पाएको फलमा सधै सन्तुष्ट हुन सिक्नुहोस तर आफ्नो काम नियमित गर्न नछोड्नुहोस।
४.लक्ष निर्धारण गर्नुहोस:
म के गर्दै छु र के गर्न चाहान्छु भन्ने कुरामा तपाई सधै स्पष्ट हुनुहोस। आफुले गर्न लागेको काम कसरी गर्नु पर्छ, कति समय लाग्छ आदी कुराको स्पष्ट जानकारी र विवरण तयार पारेर मात्र काम शुरु गर्नुहोस।
५.आफ्नो लक्षमा दृढ रहनुहोस:
आफुले के गर्न चाहेको हो त्यो कुरामा आफु बलियो रुपमा प्रस्तुत भएमा मात्र कुनै पनी काम सम्पन्न हुन्छ। त्यसैले जे गर्न चाहानुभएको छ त्यो कुरामा अडिग रहनु होस र जे जस्तो दुख आईपरे पनी त्यसलाई सम्पन्न गर्न सक्छु भन्ने मानसिकता बनाउनुहोस।
६.स्वास्थ्य प्रती ध्यान दिनुहोस:
जब हाम्रो शरिर स्वस्थ छ त्यो बेला मात्र हामी काम गर्न सक्छौं त्यसैले सबै भन्दा पहिले आफ्नो शरिर र स्वास्थ्य प्रती विषेश ध्यान दिनुहोस जसको लागी नियमित व्यायाम गर्नुहोस।
७.केही कुरा पनी सिक्न पछी नपर्नुहोस:
आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज र नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस।
८.एकताबद्द हुन सिक्नुहोस:
कुनै कामहरु यस्ता पनी हुन्छन जो एक्लै गर्दा भन्दा साथी वा परिवार सँग मिलेर सफलता पूर्वक सम्पन्न गर्न सकिन्छ। त्यसैले जहिले पनी एकतामा विश्वाश गर्नुहोस। एकताको बल सधै बलियो हुन्छ।
९.आराम गर्नु होस:
सधै काममा मात्र ध्यान नदिनुहोस कहिले काही आराम वा मनोरञ्जनात्मक चिजहरुमा पनी आफ्नो उपस्थिती जनाउनुहोस जसले गदा तपाईको माष्तिष्कमा बोझ नपरोस र तपाई सधै आफुलाई फुर्तिलो महसुस गर्नसक्नुहोस।
१०. असम्भव केही पनी छैन:
संसारमा असम्भव भन्ने केही छैन र मैले गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राख्नु होस। तपाई आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनी पुरा गर्न सक्नुहुन्छ। अरुलाई असम्भव लागेका कुराहरु तपाईले पनी तपाईले गर्न सक्नुहुन्छ।
Posted by
Kalyan
at
6/03/2011 11:04:00 PM
1 comments
Links to this post
Saturday, June 6, 2009
सेयरमा लगानी किन जुवा होइन ?
नवनियुक्त अर्थमन्त्रीले पुँजी बजार विकासका लागि कुनै किसिमको बाधा अवरोध नहुने सङ्केत दिनुभएको छ । पूर्व अर्थमन्त्रीले सेयर बजारलाई किन जुवाघर भन्नुभएको हो भन्ने नबुझेको पनि बताउनुभएको छ । पुँजी बजारको विकासका लागि आवश्यक परेमा मैत्रीपूर्ण कानुनी वातावरण निर्माण गरिनेछ । उहाँले साना तथा नयाँ साधारण लगानीकर्ताको रक्षा गरिने पनि स्पष्ट पार्नुभएको छ । सेयरमा लगानी जुवा होइन । घोडादौड वा फुटबलको खेलमा बाजी थाप्नु जुवा हो । तर सेयरमा लगानी भने जुवा होइन । लगानी गर्दा निश्चित प्रतिफल अपेक्षा गरिएको हुन्छ, अवस्था पहिल्याउन वित्तीय विश्लेषण र अन्य अध्ययन पनि गरिएका हुन्छन् । तर जुवामा यी कुराहरू हुँदैनन् । त्यसैले लगानी, अड्कलबाजी र जुवाको प्रकृति, रूप र सार फरक हुन्छन् । लगानी भनेको हालको निश्चित मूल्यलाई भविष्यको अनिश्चित प्रतिफलका लागि बलिदान गर्नु हो । यसका लागि निष्कर्षमा पुग्न निवेश वा विनिवेशको किसिम, रकम, समय, गुणस्तर लगायतको अध्ययन आवश्यक हुन्छ । साथसाथै यस्तो निर्णय प्रक्रिया निरन्तर मात्र होइन विवेकशील हुनुपर्छ । समग्रमा भन्नुपर्दा लगानी भनेको जोखिम र प्रतिफलको विनिमय हो । लगानी र अड्कलबाजी केही सन्दर्भमा उस्तै भए पनि फरक हुन । किनकि लगानीका लागि अड्कलबाजी र अड्कलबाजीका लागि लगानी आवश्यक हुन्छ । लगानी र अड्कलबाजीबीचको भिन्नता छुट्याउन सकिने उत्तम आधार सम्भवत अपेक्षाको भूमिका मात्र हो । अड्कलबाजी नगरी कोही पनि धनी बन्न सक्दैन । केही पनि नगरी सबथोक हासिल गर्न सकिन्छ भन्ने हुँदैन । सामाजिक दृष्टिले अड्कलबाजीलाई विभिन्न आधारमा लगानीबाट छुट्याउनुपर्छ । जुवा परापूर्वकालदेखि नै चल्दैआएको छ । अधिकांश शब्दकोशले जुवालाई जोखिममा सहभागी हुने क्रियाकलापको रूपमा परिभाषित गरेका छन् । यसको अर्थ जुवा भनेको उच्च प्रतिफलको रूपमा क्षतिपूर्तीको अपेक्षा नगरी जोखिम उठाउनु हो । जुवाडेले देहायका सबै वा केही चरित्र प्रदर्शन गर्छन् ः जुवा एक खास हुन्छ, दीर्घ र लगातार दोहोरिने गर्छ, अरू सबै चासोलाई गौण बनाइदिन्छ, नजिते पनि जुवाडे सधैँ आशावादी हुन्छ, जितेको बेला रोकिँदैन, आफूले थाम्नसक्ने भन्दा बढी जोखिम उठाउँछ, जुवाडेले जुवाबाट अनौठो मनोरञ्जन र उत्तेजना एवं सुख र पीडाको मिश्रण खोजिरहेको हुन्छ । नजानिने किसिमले जुवाडे हारिरहेको हुन्छ । जुवा एक किसिमले संयोगको खेलमा अल्पकालीन लगानी हो । यसमा लगानी कति समयका लागि हो भनेर नाप्न सकिन्छ । सारांशमा भन्दा, झण्डै तीन वर्षअघि माओवादी शान्ति प्रक्रियामा आएपछि र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सेयरको कारोबार उल्लेख्य बढेको छ । कसैकसैले अघिल्लो सरकारको राजस्वमुखी नीतिले सेयर बजारको कारोबार घटेको विश्लेषण गरेको पाइन्छ । खास गरी पुँजीगत लाभकरको दरमा वृद्धि, आयको स्वयं घोषणा, घरजग्गा तथा सवारीको खरिदमा स्रोतको खोजी गरिने कुराले सेयर, ऋणपत्र लगायतको धित्रोपत्र खरिद बिक्रीमा नकारात्मक असर गरेको बताइन्छ । सरकार थोरै लचिलो भएको अवस्थामा नेपालको पुँजी बजार विकासमा ठूलो योगदान पुग्ने स्वतन्त्र विश्लेषकहरूको धारणा छ । निजी क्षेत्रमा प्राइभेट तथा पारिवारिक रूपमा सञ्चालित व्यवसायलाई कर छुट वा कर बिदाको सहुलियत दिएर पुँजी बजारतर्फ आकषिर्त गराउनुपर्छ । हाल वित्तीय क्षेत्रले सूचिकृत कम्पनीको संख्या र करोबारको ९० प्रतिशत हिस्सा ओगट्दै आएका छन् । नेप्सेमा सूचिकृत १५८ कम्पनीमध्ये ११६ वित्तीय क्षेत्रका छन् । आम रूपमा उदार अर्थतन्त्र अवलम्बन गर्ने र निजी क्षेत्रलाई अग्रपङ्क्तिमा राख्ने विश्वास गरिएको एमाले नेतृत्वको सरकार गठन भएपछि लगानीकर्ताको आत्मविश्वास परिक्षण गर्ने अर्थतन्त्रको द्रुत ब्यारोमिटर मानिने नेप्से पछिल्ला केही दिनमा लगातार उच्च अंकले बढेको छ । नेपालको सेयर बजार तेजीमा गएको भन्न सकिने अवस्था आएको छ । ११७५ को उच्चतम बिन्दुमा पुगेको नेप्से अहिले ७१५ को हाराहारीमा आएको छ । विश्व परिदृश्यमा सामान्यतया राजनीतिक स्थिरता कायम नहुँदासम्म सेयर कारोबार उपल्लो तहमा पुग्दैन । सेयर मूल्य स्थिर वा नकारात्मक हुनेगर्छ तर नेपालको सन्दर्भमा नेप्सेले यस विपरीत प्रवृत्ति देखाएको छ । पूर्व प्रधानमन्त्रीले राजीनामा दिने वित्तिकै परिसूचक उकालोलागेको थियो भने नयाँ सरकार गठन नहुँदासम्म घटेको थियो । त्यसैगरी एमाले नेतृत्वको सरकार बन्ने भएपछि उल्लेख्य वृद्धि भएको छ । अहिलेको वृद्धि पछाडि मुख्यतया दुई कारण भएको मानिन्छ ः पहिलो आर्थिक वर्ष समाप्त हुन डेढ महिना मात्र बाँकी रहेकोले लगानीकर्ता भदौ र असोजमा लाभांश पाइने आशा छ, अर्को कारण राजनीतिक स्थायित्व वा सत्ता परिवर्तन हो । सर्वसाधारणले सामान्यतया भविष्यलाई धानमा राखेर लगानी गर्छन् । लगानी गर्दाको समय र अन्तिम समयको अन्तराललाई लगानीकर्ताको योजना क्षितिज, लगानी क्षितिज वा स्वामित्व अवधि भन्न सकिन्छ । यस अवस्थामा अड्कलबाजी र जुवालाई एउटै ठान्नु हुँदैन र यस बारेमा भ्रम रहनुहुँदैन । यसले जुवामा कृत्रिम र अनावश्यक रहेको हुन्छ भन्ने अड्कलबाजी र जुवाबीचको भिन्नता स्पष्ट देखाउँछ । आकारकै कुरा गर्ने हो भने बढी जोखिम उठाउनु भनेको जुवा होइन । जुवा भनेको आर्थिक लाभको उद्देश्यका लागि नभइ जोखिमको खास प्रकृति पत्ता नलगाई जोखिमका लागि जोखिम उठाउने कुरा हो । यस सन्दर्भमा केही प्रश्नहरूको जवाफ खोजिनु आवश्यक हुन्छ । लगानीकर्ताको उद्देश्य के हो ? वाषिर्क प्रतिफल कि मूल्य वृद्धि, कस्तो किसिमको धितोपत्र किनिएको छ, उच्च वा न्यून कोटीको र त्यस्ता धितोपत्र कहिलेसम्म राखिराख्ने हो ? सेयर बजारको विकासका लागि केही नीतिगत परिवर्तनमार्फत सम्बोधन हुनु आवश्यक छ । किन लगानीकर्ता घट्दो बजारमा भन्दा बढ्दो बजारमा नाफा गर्न सकिन्छ भन्ने विश्वास गर्छन् । खासगरी हामी धेरैजसो बजार ओरालो लागेको बेला भाग्छांै जवकि यस्तो बेला गरिएको लगानीबाट उच्च प्रतिफल प्राप्त हुने सम्भावना बढी हुन्छ । यस पछाडिको मुख्य कारण मानवीय स्वभाव नै हो । छिमेकी मुलुकहरूमा गरिएको अध्ययनले प्रायः साधारण लगानीकर्ता बजारप्रति तीव्र प्रतिक्रिया जनाउने तथ्य पुष्टि गरेको छ । घट्दो बजारमा यस्तो प्रतिक्रिया अझ बढी हुन्छ । घट्दो र बढ्दो दुवै बजारको कुनै चरणमा लगानीकर्ताको व्यवहार तर्कपूर्ण हुँदैन । खासगरी बजार घट्दा र बढ्दा दुवै अवस्थामा पैसा कमाउन सकिन्छ । हामीले सावधानी अँगाल्नै पर्छ । अरूले भनेका कुरा पत्याइहाल्नु हुँदैन । आफैंले अध्ययन अनुसन्धान गरेर विवेकशील निर्णय गर्नुपर्छ ।सेयरमा लगानी किन जुवा होइन ?
Posted by
Kalyan
at
6/06/2009 03:44:00 PM
3
comments
Links to this post
Saturday, March 7, 2009
क्यासिनो र सेयर बजार
| |||||||
Posted by
Kalyan
at
3/07/2009 08:19:00 AM
1 comments
Links to this post
Monday, February 9, 2009
अरू डराएका बेला हामी लोभी हुनुपर्छ
अरू डराएका बेला हामी लोभी हुनुपर्छ सेयर बजारमा अरू डराएका बेला लोभी हुनुपर्छ र अरू लोभी भएका बेला डराउनुपर्छ।
झण्डै पाँच दशकअघि प्रसिद्ध लगानीकर्ता वारेन बफेटले साथीभाइसँग भनेका थिए, ´अरू डराएकाबेला हामी लोभी हुनुपर्छ र अरू लोभी भएकाबेला हामी डराउनुपर्छ।´ सेयर बजारको उतारचढाव इंगित गर्ने उनको यो भनाइ आजसम्म कसैले झुठो ठहर्याउन सकेको छैन।
बफेट जे भन्छन्, त्यो गर्छन्। त्यसैले सेयर लगानीबाट उनी संसारकै दोस्रो धनी व्यक्ति भएका छन्। उतिबेला साथीभाइको सानो समूहमा बफेटले भनेको त्यो कुरा अहिले संसारभरकै लगानीकर्ताका लागि गुरूमन्त्र बनेको छ।
सामान्यतया सेयर बजार गिर्दो अवस्था (बियरिस ट्रेन्ड) मा रहेकाबेला लगानीकर्ताहरू डराउँछन्। आफूसँग भएको सेयर बेच्न खोज्छन्। बजारमा सेयर आपूर्ति बढ्छ र मूल्य घट्छ। बजार झन् तल झर्छ। यसबाट मूल्य घट्दै जाने एउटा चक्रको थालनी हुन्छ। यसरी सबै डराएर सेयर बेचिरहेको अवस्थामा बफेटले साथीहरूलाई लोभी हुनुपर्छ भनेका हुन्।
यसविपरीत सेयर बजार निरन्तर उकालो लागिरहेको अवस्था (बुलिस ट्रेन्ड) मा लगानीकर्ता अति उत्साहित हुन्छन्। सेयर मूल्य बढ्दै गएको देखेर लोभिएका लगानीकर्ता बढीभन्दा बढी सेयर माग गर्छन्। यसबाट मूल्य बढ्दै जाने अर्को चक्रको थालनी हुन्छ। सबैलाई लोभले गाँजेकाबेला सचेत लगानीकर्ता मुक्त हुनुपर्छ भन्ने बफेटको आग्रह हो। सबैलै सेयर बेच्दैछन् भन्दैमा आफूले पनि बेच्ने भूल गर्नु हुँदैन। बरू बियरिस बजारमा सेयर सस्तो पाइने हुनाले राम्रा कम्पनी छानेर किन्नेतर्फ लाग्नुपर्छ। यस अवस्थामा लामो समय टिकिरहनसक्ने सेयर छान्नु बुद्धिमानी हुन्छ।
उसो भए सेयर बजारका सबै लगानीकर्ता बफेटको सल्लाहबमोजिम चल्न सक्छन्? पक्कै सक्दैनन्। सक्ने भए सेयर बजारमा कसैले पनि गुमाउने थिएनन्, सबैले कमाउँथे। सेयर बजारको चुनौती भनेको त्यसको चाल ठम्याएर आफू पहिलो हुने हो। सामान्य बुद्धिले पनि के भन्न सकिन्छ भने कुनै पनि क्षेत्रमा जो कोही पहिलो हुन सक्दैन। सेयर बजारमा कतिबेला प्रवेश गर्ने (सेयर किन्ने) र कतिखेर बाहिरिने (सेयर बेच्ने) भनेर जान्ने पहिलो पंक्तिका लगानीकर्ताले नै सफलता हात पार्छन्।
आज हामी बियर मार्केटबारे छलफल गरौं। वित्त साहित्यमा बजार परिसूचकमा अघिल्लो उचाइँबाट २० प्रतिशतको गिरावटलाई बजार मन्दी (बियर मार्केट) तर्फ गएको मानिन्छ। नेपालको सेयर बजारमा भदौ १७ गते कारोबार मापन गर्ने परिसूचक नेप्सेले १ हजार १ सय ७५ को उचाइँ बनाएको थियो। अहिले ६ सय ५८ मा आइपुगेको छ। झण्डै ४४ प्रतिशतको यो गिरावटले पुष्टी गर्छ, अहिलेको बजार वियर मार्केट हो।
यो नेपाली सेयर बजारको मात्रै विशेषता होइन। संसारभरकै सेयर बजार यस्तो अवस्थाबाट गुज्रिएका छन्। यो समग्र आर्थिक चक्रकै पाटो हो। अहिले पनि अधिकांश सेयर बजार यही अवस्थामा छन्। वित्तशास्त्रीहरू बियरिस ट्रेन्ड बजार सन्तुलनका लागि आवश्यक मान्छन्। उनीहरू यसले लगानीकर्तालाई ईमान्दार र सचेत बनाउँछ भन्छन्। बजारको यो प्रवृत्तिबाट पार हुनेहरू ठूलो धनराशिको मालिक हुने ग्यारेन्टी पनि उनीहरू गर्छन्।
अब कुरा गरौं घट्दो सेयर बजारबाट कसरी पार पाउने? सेयर बजारको इतिहासबाट प्रत्येक लगानीकर्ताले सिक्नुपर्ने पहिलो पाठ हो, धैर्य धारण गर्ने। कारोबारको प्रत्येक चरण (किन्ने, होल्ड गर्ने र बेच्ने बेला) मा धैर्य उत्तिकै आवश्यक हुन्छ। धैर्यको महत्वबारे धेरै लगानीकर्तालाई थाहा भए पनि व्यवहारमा उतार्न निकै कठिन हुन्छ। तर बजारबारे केही कुरा बुझयो भने धैर्य धारण गर्ने शक्ति प्राप्त नहुने होइन।
हामीले बजार किन घटिरहेको छ भन्ने कारण पहिल्याउने प्रयास गर्यौं भने यो कहिलेसम्म कायम रहन्छ, कहिले टुंगिन्छ र तत्काल के गर्नुपर्छ भन्ने थाहा पाउँछौं। अहिले समग्र आर्थिक स्थिति, कम्पनीहरूको वित्तीय अवस्था सकारात्मक हुँदा पनि बजार घटिरहेको छ। यसबाट अर्थतन्त्र र बजारको यो विपरित अवस्था लामो समय रहँदैन भन्ने अनुमान गर्न सकिन्छ।
बियरिस ट्रेन्ड छोटै अवधिका लागि रहे पनि सचेत लगानीकर्ताले केही सतर्कता अपनाउनैपर्छ। बफेटले भनेझैं सबैलै सेयर बेच्दैछन् भन्दैमा आफूले पनि बेच्ने भूल गर्नु हुँदैन। बरू बियरिस बजारमा सेयर सस्तो पाइने हुनाले राम्रा कम्पनी छानेर किन्नेतर्फ लाग्नुपर्छ। यस अवस्थामा लामो समय टिकिरहनसक्ने सेयर छान्नु बुद्धिमानी हुन्छ। नयाँ लगानीकर्ता बजारमा उच्च मूल्यमा सेयर बिक्री भइरहेको कम्पनी, कुनै कारणले चर्चित कम्पनी र ठूला कम्पनीमा आकर्षित हुने गर्छन्। यसो गर्नु गलत हो। बियर मार्केटमा कम चिनिएका र बढी प्रतिफल दिनसक्ने वित्तीय अवस्था सुदृढ भएका कम्पनी खोज्नुपर्छ।
सेयर घटेकाबेला लगानीकर्ताले रक्षात्मक रणनीतिलाई उत्तिकै महत्व दिनुपर्छ। आफूसँग भएको लगानीयोग्य सम्पत्ति पूरै सेयरमा लगाइहाल्नु हुँदैन। बजारमा नसोचेको अवस्था आउनसक्छ। धेरै राम्रा लगानीका अवसर आउनसक्छन्, कल्पनै नगरेको मूल्यमा सेयर पाउन सकिन्छ। त्यसका लागि आफूसँग केहि नगद राख्नुपर्छ।
गिर्दो अवस्था, बजार बुझ्ने राम्रो अवसर पनि हो। बजार बुझेर भविष्यमा बढी प्रतिफल लिन तयार हुनुपर्छ। घटेको अवस्थामा बजारलाई नजिकबाट नियाल्नुपर्छ, कति रकमको कारोबार भइरहेको छ, कुन कम्पनीको घटिरहेको छ, कसको बढिरहेको छ, कुन दरमा घटबढ भइरहेको छ? स्टक एक्सचेञ्जले सूचिकृत कम्पनीलाई ९ समूहमा विभाजन गरेको छ। ती सबै समूहको अवस्था तुलना गर्नुपर्छ। आफूले रोजेका कम्पनीको हालत के भयो हेर्ने मौका यही हो। यस्तो बेला रोजेको कम्पनीको सेयर मूल्य कस्तो रह्यो, उसको वित्तीय अवस्था के छ, कम्पनीको व्यवस्थापन र व्यवस्थापनको व्यवहार हेर्न सकिन्छ।
बियर बजार छल्न सकिंदैन त्यसैले सधैं हेक्का राख्नुपर्छ, अहिले बढिरहेको सेयर कुनै दिन घट्छ र यसविपरित अवस्था पनि आउँछ। हाम्रो देशमा सेयर लगानीसम्बन्धी परामर्श दिने वा लगानी व्यवस्थापन गर्ने आधिकारिक संस्था छैनन्। भएको अवस्थामा पनि त्यस्ता संस्थाको बढी भर पर्नु हुँदैन। तपाईको लगानी गर्ने र बजारमा टिसकरहनसक्ने क्षमताबारे तपाईभन्दा जानकार अरू कोही हुन सक्दैन। त्यसैले बजारको जुनसुकै अवस्थामा तपाईको सबभन्दा असल सल्लाहकार तपाई स्वयं हो, दोस्रो हुन सक्दैन। मुराहरि पराजुली
Posted by
Kalyan
at
2/09/2009 12:25:00 AM
3
comments
Links to this post
Friday, January 30, 2009
कुरा सेयर बजारको
2009-01-29 19:11:07 कुरा सेयर बजारको लहैलहैमा लागेर केही नबुझी सेयर बजारमा आउनेले बढी गुमाउँछन्।
´आकाशका ताराको गति थाहा पाउन सकिएला तर मान्छेको पागलपनको भेउ पाउन सकिन्न´–सेयर बजारमा २० हजार पाउन्ड गुमाएपछि वैज्ञानिक न्युटनले त्यसो भनेका थिए। न्युटनलेजस्तै सेयर बजारमा सबैले गुमाउदैनन् बरु कमाउनेको संख्या बढी छ।
अनुभव सबैभन्दा ठूलो गुरु हो भन्ने भनाइ कतै पूर्णरूपमा लागु हुन्छ भने त्यो सेयर बजार नै हो। उकालो चढ्ने, ओरालो झर्ने सेयर बजारको प्रवृत्तिका बारेमा अरूका मुखबाट सुनेको लगानीकर्ताका लागि पर्याप्त हुदैन। तैपनि साथीभाइ जानेबुझेकासँग लगानीकर्ताले जिज्ञासा भने राख्दै आएका हुन्छन्। नयाँ लगानीकर्ताका तिनै जिज्ञासालाई सम्बोधन गर्ने प्रयास यहाँ गरिएको छ।
नेपालको सेयर बजार अन्य मुलुकका तुलनामा नयाँ हो। त्यसैले यहाँ बुझेका र अनुभवीभन्दा नबुझेका र अनुभवहीन लगानीकर्ताको संख्या धेरै छ। नबुझेकै कारण धेरै लगानीकर्ताले गल्ती गर्दै र मेहनतको कमाइ गुमाउँदै पनि आएका छन्। तर नेपालको सेयर बजारको सकारात्मक पक्ष के हो भने यहाँ ठूलो परिमाणमा सधैंका लागि गुमाउने लगानीकर्ताको संख्या थोरै छ। यहाँ एकपटक गुमाएकाले आफ्नो गल्ती सच्याएर कमाउन थालेको उदाहरण भने प्रशस्तै पाइन्छ। लगानीकर्ता सेयरबजारमा कतिसम्म टिकिरहनसक्छ भन्ने कुरा उसको आर्थिक,शैक्षिक र मनोवैज्ञानिक पृष्ठभूमिले पनि निर्धारण गर्छ। आजै किनेको सेयरको मूल्य बढेन वा घट्यो भनेर आत्तिने लगानीकर्ता सेयरबजारमा प्रवेश नगरेकै राम्रो हुन्छ।
सेयर बजारमा फलानोले यति कमायो, फलानो रातारात करोडपति भयो भन्ने लहैलहैमा लागेर केही नबुझी आउनेले बढी गुमाउँछन्। बुद्धिमान लगानीकर्ताले सेयर बजारबाट कमाउनेले कसरी कमाए भन्ने बुझ्नु जरुरी हुन्छ। सेयर बजारमा लगानी गर्नु भनेको एक किसिमले पौडी खेल्नु जस्तै हो। पढेर पौडी खेल्न सिकिँदैन, यसका लागि तलाउमा प्रवेश गर्नैपर्छ। त्यसो भन्दैमा तलाउमाजस्तै सामान्य जानकारी पनि नलिई सेयर बजारमा प्रवेश गर्नु मूर्खता हुन्छ।
बजार प्रवेश गर्ने उपयुक्त समय
सेयर बजारमा प्रवेश गर्ने (सेयर किन्ने) र त्यहाँबाट बाहिरिने (सेयर बेच्ने) निश्चित समय हुन्छ। सचेत लगानीकर्ताले बजार प्रवेश गर्ने र बाहिरिने समयको सधै ख्याल राख्नुपर्छ। बजारमा सेयरको मूल्य लगातार बढीरहेको तेजीको अवस्थालाई ´बुलिस ट्रेन्ड´ र घटिरहेको मन्दीको अवस्थालाई ´वियरिस ट्रेन्ड´ भनिन्छ। कुनैपनि चिज सस्तोमा किनेर महङ्गोमा बेच्दा फाइदा हुन्छ भन्ने सामान्य व्यावसायिक चेतना भएको जोसुकैले पनि बुझ्ने कुरा हो। सेयर कारोबारमा पनि यही नियम लागू हुन्छ। सामान्यतया सेयर मूल्य बढिरहेको अवस्थामा बजार प्रवेश गर्नु उपयुक्त मानिदैन। सेयर मूल्यले उच्चतम विन्दु छोएको बेला किनियो भने बेच्दा सस्तोमा बेच्नुपर्ने हुनसक्छ। त्यसो नभएपनि सेयर मूल्यले अर्को उचाइ नबनाउञ्जेल पर्खनुपर्ने हुन्छ। त्यसैले कुन सेयरको मूल्य कहिले बढेको थियो वा घटेको थियो। घट्नुबढ्नुका कारण के थिए भन्ने लगानीकर्ताले पत्ता लगाउने कोसिस गर्नुपर्छ।
सही छनौट
खरिद गर्दा लगानीकर्ताले उपयुक्त सेयर छान्न पनि जान्नु पर्दछ। सेयर किन्न लागेको कम्पनीको वित्तीय अवस्था, व्यवस्थापन पक्ष र कम्पनीसम्बद्ध क्षेत्रको भविष्यका बारेमा सामान्य जानकारी राख्नुपर्छ। कुनै बैंक अथवा वित्त कम्पनीको सेयर किन्ने हो भने उक्त कम्पनीको वित्तीय अवस्था के कस्तो छ? तिनका संचालक तथा व्यवस्थापकहरू को को हुन्? तिनले कति कुशलतापूर्वक कम्पनी चलाउन सक्छन् र समग्र बैंक तथा वित्तीय क्षेत्रकै भविष्य कस्तो हुन्छ? भन्ने लगानीकर्ताले जान्नुपर्छ।
बजार उतारचढावको सामना
उतारचढावबीना सेयरबजार सञ्चालन हुनैसक्दैन। त्यसैले लगानीकर्ताले सामान्य उतारचढावको सामना गर्नुपर्छ। मूल्य बढिरहेका बेलामा हतार गरेर सेयर बेच्ने र थप घट्नसक्ने अवस्थामा किनिहाल्ने लगानीकर्ताले उच्चतम प्रतिफल पाउन सक्दैन। लगानीकर्ता सेयरबजारमा कतिसम्म टिकिरहनसक्छ भन्ने कुरा उसको आर्थिक,शैक्षिक र मनोवैज्ञानिक पृष्ठभूमिले पनि निर्धारण गर्छ। आजै किनेको सेयरको मूल्य बढेन वा घट्यो भनेर आत्तिने लगानीकर्ता सेयरबजारमा प्रवेश नगरेकै राम्रो हुन्छ। बुद्धिमान् लगानीकर्ताले सेयरमूल्य आफूले अनुमान गरेअनुसार किन बढेन वा घटीरहेको छ भने किन घटीरहेको छ भन्ने पत्ता लगाएर त्यसअनुसार आफ्नो रणनीति तय गर्छ।
लोभ र त्रास
वित्त साहित्यमा लोभ र त्रासलाई सेयर बजारलाई चलायमान बनाउने आधारभूत तत्त्वका रूपमा व्याख्या गरिएको पाइन्छ। लगानीकर्तामा लोभ बढ्दै जाँदा बढीभन्दा बढी सेयर किन्दै जान्छ वा बेच्नुपर्ने सेयर बेच्दैन। यसले सेयरको मूल्य र समग्र बजारलाई माथि उठाउँछ। अर्कोतर्फ डरका कारण लगानीकर्ता सेयर बेचेर उम्कन खोज्छ। बढीभन्दा बढी लगानीकर्ता सेयर बजारबाट उम्कन खोजेको अवस्थामा मूल्य तथा समग्र बजार ओरालो लाग्छ। त्यसैले डर मान्नुपर्ने वा उत्साहित हुनुपर्ने सूचना तथा समाचारहरू प्राप्त भएको अवस्थामा त्यसको पुष्टि नगरी लहैलहैमा सेयर किनबेचको निर्णय गर्नुहुदैन।
एकैचोटी सबै पैसा नलगाउने
नयाँ हुन् वा पुराना लगानीकर्ता कसैले पनि आफूसँग भएको सबै पैसा सेयरमा लगानी गर्नुहुदैन। लगानीका उपकरणमध्ये सेयर सबभन्दा बढी जोखिमयुक्त हुन्छ। आन्तरिक र बाह्य कारणले सेयरबजारमा अकल्पनीय स्थिति आउनसक्छ। त्यस्ता अवस्था सामान्यतया एक्लो लगानीकर्ताको नियन्त्रणभन्दा बाहिरको हुन्छ। त्यसैले त्यस्तो प्रतिकूल परिस्थितिमा आफूलाई टिकाइराख्न लगानीकर्ताले आफूसँग केही नगद राख्नुपर्छ वा अरु क्षेत्रमा लगानी गर्नुपर्छ।
लगानी विविधीकरण
सबै अन्डा एउटै टोकरीमा नराख्नु बुद्धिमानी मानिन्छ। सेयरमा लगानी गर्दा पनि यसलाई ध्यान दिनुपर्छ। सचेत लगानीकर्ताले कहिल्यै पनि एउटै कम्पनी, समूह वा क्षेत्रको सेयरमा लगानी गर्दैन। आर्थिक चक्र चलिरहँदा अर्थतन्त्रका विभिन्न क्षेत्र डुब्ने र उत्रने गरिरहन्छन्। आज बैंक तथा वित्तीय क्षेत्र तेजीमा चलीरहेको छ भने भोलि नचल्नसक्छ, हिजोसम्म घाटामा गएका होटलहरू देशमा अनुकूल वातावरण बन्दै गएकोले नाफामा जानसक्छन्। यस तथ्यलाई मनन गरेर लगानीकर्ताले सेयर किन्दा विविधीकरणको नीति लिनु राम्रो हुन्छ। विभिन्न समूह र क्षेत्रका राम्रा कम्पनीको छनौट गरी सेयर लगानी गर्दा पक्कै सफलता हात लाग्छ। मुराहरि पराजुली
Posted by
Kalyan
at
1/30/2009 09:17:00 PM
2
comments
Links to this post
Tuesday, December 30, 2008
Road to successful investor
Those who are interested to invest and build a personal financial plan for life have a goal in mind. Be a successful investor. Especially, if you know about legend investors, your mind will tempt to follow the methods and the road they selected to there success. That is a good idea but, there are some factors and homework an investor must do himself to be a successful investor in life. This article pointing out some must required actions. Read the entire article below:
Read, read, read
Consider to read maximum. Reading great books, articles and newsletters will give you enough knowledge to select the right path at tight time. Not only that but, it will also give you enough knowledge on various aspects on investment instrument selections and valuations. A successful investor should spend enough time to find and read most useful books and articles to gain all required knowledge.
Acquire knowledge on available products to invest
Investment world is not small with one or two products. It is very vast and the success of an investor laying on the selection and combination of these products at the right time. To have a successful financial plan, an investor should aware about the advantages and disadvantages of all the investment products around him. He should be able to identify the right one and compare the same with all other similar products available in the market to identify the winner or the loser. A successful investor not only should have good knowledge about the products he deals with presently but, he should be able to understand and explain the features of various products available around him.
Watch business channels
Television especially business channels are necessary part to investors day to day life. This is a very good source to get updated information on latest trends and changes. I am not saying to believe and act as per what they are saying but, through business channels, an investor will get enough opportunity to identify best investment products to do own research to understand the investment suitability. Make this as a regular practice.
Usage of internet
Internet is the excellent source to get instant access to well written articles, valuable informations, real time data and other similar informations. Utilize the maximum and get enough knowledge about all the areas of investment practices.
Grouping and social networking sites
Social networking sites are a best source to share and take ideas. It is very helpful to identify whether your plan has any loopholes or chance of failure. You can also receive very good reviews on your ideas as well as winning ideas from experts who are also in the part of the group where you are in.
Don't believe everything blindly
A careful approach to the research reports and the words from self acting investment gurus required your own research and study to believe or avoid. Always have practical approach. Don’t believe anything without your own research. Research reports might have hidden traps to investors if blindly follow them. Through study and digging to the truth will help you to identify the fact and act as per that.
Chat with experts
Chat rooms are an excellent source to get real time informations from experience people. Care should be taken about the person in the other end and don’t blindly believe him without your own study on what they are suggesting or recommending.
Participate to events
Participating events related to the subject is a good idea to get helpful informations and knowledge. In my opinion, an investor should take the advantage from all the events happening around him. It can be an investor meets or an awareness section or a company general meeting. Whatever it is, participating to such events help an investor to meet people with similar thoughts as well as chance to contact experts. It is also helpful to clear any doubts and get prompt answer to your questions. It can also be used for building good friendships with other investors.
Passion on investing
This is the most important factor. Be passionate. Without passion, you can’t achieve anything. Learn from the real life of legend investors. They have enough passion to the profession and that lead them to great success. So be passionate or leave such profession immediately.
I am happy to know whether this article useful to you or not. If you feel that I have missed some important points, please comment and inform me. I will add the same as soon as possible because that will be a great help to those who are reading this post in the future.
Posted by
Kalyan
at
12/30/2008 04:16:00 PM
2
comments
Links to this post
Investing GURUS
Bill Nygren
Bruce Berkowitz
Carl Icahn's Portfolio
Carlos Slim Helu
Charles Munger
Eddie Lampert's Portfolio
Francis Chou
Gendell Jeffrey Portfolio
George Soros Portfolio
Jim Cramer
Joel Greenblatt
Ken Heebner
Li Ka-Shing
Lou Simpson
Mohnish Pabrai Portfolio
Martin Whitman Portfolio
Nelson Peltz Portfolio
Peter Lynch
Prince Al-waleed
Seth Klarman Portfolio
Steve Cohen Portfolio
Tim Barakett's Portfolio
Warren Buffett's Portfolio
William Ackman's Portfolio
Posted by
Kalyan
at
12/30/2008 03:57:00 PM
0
comments
Links to this post
